Oh no the image is broken

सरसफाई सन्देश, चैत्र २०७१ – कार्तिक २०७२, बर्ष ४, संयुक्त अंक १०-११

Download

विपद् व्यवस्थापन

२०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनले नेपाली भूमिमा ठूलो मानवीय, आर्थिक तथा प्राकृतिक क्षति पु¥यायो । झण्डै ८० वर्ष पछिका पुस्ताले बेहोर्नु परेको यो विनाशकारी विपद्को गहिरो दःुखको खाटा नेपाली आत्मामा सजिलै मेटिने छैन । भूकम्पले विकासका अन्य संरचनालगायत खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा पनि गहिरो प्रभाव पा¥यो ।

विगतमा खानेपानी र सरसफाइको क्षेत्रमा भूकम्प लगायतका विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक बढी तर व्यवहारिक तयारी तथा व्यवस्थापन सम्बन्धी अभ्यास कम हुने गरेको थियो । यसका बावजुद पनि भूकम्प प्रभावित क्षेत्रहरुमा खानेपानीको हाहाकार र खुला दिसाको विगविगी भएन । फलस्वरुप झाडापखाला, आउँ र हैजा जस्ता महामारीजन्य अप्रिय घटना भने देखा परेनन् । यसका पछाडि विशेषगरी प्रभावकारी सरकारी नेतृत्व, सरोकारवालाहरुको साझेदारी, स्थानीय लगायत अन्य निकायहरुको उल्लेखनीय सहयोग र समन्वयले महत्वपूर्ण भूमिका खेल्यो । साथै नेपाल सरकारले सन् २०१७ सम्म सवै नेपालीलाई सरसफाइको आधारभूत सुविधा (चर्पीमा पहुँच)मा पहुँच पु¥याउने लक्ष्यलाई प्राप्त गर्नका लागि स्थानीय निकायको नेतृत्वमा सरोकारवालाहरुद्वारा संचालित सरसफाइ प्रबद्र्धन सम्बन्धी चलेको सामाजिक अभियानरुपी खुला दिसामुक्त अभियान, यसमा आवद्ध सरोकारवालाको क्रियाशीलता र सामुदायिक सचेतनाको पनि अहम् भूमिका रहयो ।

वास्तवमा विपद्को पूर्ण स्वरुप, प्रकृति र यसले पार्ने प्रभाव एकिन गर्न नसकिए पनि देशमा देखापर्ने सम्भाव्य विपद् र त्यसले पार्ने प्रभावका सम्बन्धमा भने पूर्व तैयारी अपरिहार्य हुनुपर्दछ । खानेपानी,सरसफाइ र स्वच्छताका लागि आवश्यक पर्ने व्यावहारिक र चुस्त कार्ययोजनाका साथै विपद्मैत्री संरचनाको तर्जुमा, आवश्यक भौतिक सामाग्रीहरुको न्यूनतम संचय, सक्षम मानव संसाधन तैयारी, सूचना संयन्त्र, नेतृत्व र समन्वयको प्रभावकारी व्यवस्थाका साथै सामुदायिक सचेतनाको पूर्व तयारी जरुरी छ ।