Oh no the image is broken

सरसफाई सन्देश, अषाद २०६९ अंक १

Download

१३ औं राष्ट्रिय सरसफाइ सप्ताहको शुरुआत

सन् २००० मा शुरुआत भएको राष्ट्रिय सरसफाइ सप्ताहले १२ वटा यात्राहरु पार गरि सकेको छ । जसले सरसफाइलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रको रुपमा स्थापित गर्न अनुकूल वातावरण सिर्जना गरेको छ । यसका साथै सप्ताह अभियान मार्पmत् विद्यायलय र समुदायमा चर्पीको प्रयोग र साबुन पानीले हात धुन बानि ब्यवहारको विकास गर्नमा समेत ठोश योगदान
पुगेको छ ।

“एक घर एक चर्पी, नजिकैमा धारा–खुल्ला दिसा मुक्त देश बनाउन, लागि परौं सारा” भन्ने मूल नाराका साथ ५ देखि ११ जुन २०१२ सम्म संचालन हुन गै रहेको १३ औं राष्ट्रिय सरसफाइ सप्ताहले पूर्ण सरसफाइलाई राष्ट्रिय अभियानकै रुपमा अघि बढाउने ब्यापक उद्देश्य बोकेको छ । नेपाल सरकारद्वारा सरसफाइ गुरु योजना २०६८ स्वीकृत भै सकेको सन्दर्भमा संचालन हुन गैरहेको यस राष्ट्रिय सरसफाइ सप्ताहलाई रणनीतिक र नतिजामूलक हिसाबले एक ऐतिहासिक महत्व बोकेको उत्सवको रुपमा हेरिएको छ । सरसफाइ सप्ताहलाई उपलब्धिमूलक बनाउने
हेतुले यसै चालु आर्थिक वर्ष देखि खानेपानी तथा ढल निकास बिभागले हरेक जिल्लामा बजेटको व्यवस्था गरेको छ । जस्को लागि सरोकारवालाहरुको थप सहयोग र साझेदारीको आवश्यकता जरुरी देखिएको छ ।

खाने पानी तथा ढल निकास बिभाग र युनिसेफद्वारा सम्बद्ध सरोकारवालाहरु संगको सहकार्यमा विगतमा संचालित सरसफाइ सप्ताहहरुको मूल्यांकनगर्ने कार्य पनि यसै वर्ष सम्पन्न भएको छ । उक्त मूल्यांकन प्रतिवेदनले स्रोत साधनको व्यापक परिचालन गरि सम्बद्ध सरोकारवालाहरुको संयुक्त प्रयाशमा सरसफाइ सप्ताहलाई एक राष्ट्रिय पर्वकै रुपमा संस्थागत गरि पूर्ण सरसफाइको राष्ट्रिय अभियानमा थप योगदान दिनु पर्ने तर्पm सुझाव दिएको छ । तसर्थ जिल्ला, नगरपालिका र गाउँ समिति स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरुको अगुवाईमा तर्जुमा र कार्वान्वयन भैरहेको सरसफाइ सम्बन्धी रणनीतिक योजना÷ कार्य योजनालाई देशव्यापी बनाउन यो सप्ताह कोषेढुंगा बन्ने अपेक्षा गरिएको छ । विगतका सरसफाइ सप्ताहमा निरन्तर योगदान पु¥याउनु हुने सम्पूर्ण व्यक्ति एवं संघ संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै १३ औं राष्ट्रिय सरसफाइ सप्ताह अभियानमा पनि हातेमालो गर्न र सरसफाइ प्रवद्र्धनमा
क्रियाशीलहुन राष्ट्रिय सरसफाइ समन्वय समिति सम्बद्ध सरोकारवालाहरुमा हार्दिक अपिल गर्दछ ।