ललितपुरमा कौशी खेतीमार्फत शहरी कृषि प्रवर्द्धन परियोजना शुरु

Oh no the image is broken

ललितपुरमा कौशी खेतीमार्फत शहरी कृषि प्रवर्द्धन परियोजना शुरु

ललितपुर । ललितपुर महानगरपालिकामा कौसीखेती प्रवर्द्धन कार्यक्रम शुरु गरिएको छ । संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (युएन ह्याबिट्याट)को संयोजनमा ललितपुर महानगरपालिका, हसेरा कृषि अनुसन्धान तथा तालिम केन्द्र र स्टोरी साइकलसंगको सहकार्यमा “कौशी खेती मार्फत शहरी कृषि प्रवद्धन परियोजना” शुरु गरिएको छ ।

ललितपुरको नमुना मछिन्द्र माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा शहरी खेती प्रवद्धनका लागि तयार पारिएको करेसा एप डाउनलोड गरि ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जरी शाक्य बज्राचार्यले परियोजनाको शुभारम्भ गरिन् । घरभित्रको फोहोरलाई घरभित्रै ब्यवस्थापन गरि शहरलाई प्रदुषणमुक्त बनाउन, उद्यमशीलता विकास गर्न र शहरी सुन्दरता प्रवद्धन गर्न कौशी खेतीले महत्वपूर्ण योगदान दिनसक्ने बताईन् ।

विपद्को अवस्थामा आइपर्ने शहरी खाद्य संकटको जोखिमलाई कम गर्ने, शहरी कृषि र दिगो फोहोरमैला ब्यवस्थाका लागि घरधुरी स्तरमा क्षमता अभिबृद्धिमा जोड दिने, उत्पादित उपजलाई उन्नत प्रविधिमार्फत बजारमा जोड्ने उद्देश्य परियोजनाको रहेको संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमकी बसोबास कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानले बताईन् । विद्यालय तहदेखि नै यस सम्बन्धी जनचेतना जगाउनु जरुरी रहेकोले नमुना मछिन्द्र माध्यमिक विद्यालयमा नमुना फार्म निर्माण गरिएको उनको भनाई थियो । हातहातमा कौशी खेतीको ज्ञान पुगोस् भन्ने उद्देश्यले करेसा एप निर्माण गरिएको पनि उनले बताइन् । ललितपुर महानगरपालिका महिला विकास शाखाका अधिकृत शोभादेवी खरेलले कौशी खेतीलाई महिला उद्यमशीलतासंग जोड्ने नगरपालिकाको लक्ष्य रहेको बताईन्।


परियोजनाले ललितपुर महानगरभित्र शहरी खेती प्रवद्र्धनका लागि तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको छ । उक्त तालिममा ललितपुर महानगरभित्रका विभिन्न वडाका ४७ जना प्रशिक्षार्थीहरुले भाग लिएका थिए । उक्त तालिममा कौशी खेतीमार्फत महिला उद्यमशीलता, शहरी कृषिबारे स्थानीय अभ्यास र अन्तर्राष्ट्रिय परिवेशको लेखाजोखा, फूड म्यापिङ, माटोविनै खेती गरिने प्रविधि हाइड्रोपोनिक्स, बाली पात्रो तयार गर्ने तरिका, नर्सरी ब्यवस्थापन, घरभित्रको फोहोरमैला ब्यवस्थापन गरि मल बनाउने तरिका, रोगकिरा नियन्त्रणका लागि प्रकाश जालको प्रयोग, मोहिनी पासो, मिश्रित खेती, तहगत खेती र करेसा एपको प्रयोगबारे गोविन्द शर्मा, विवेक धिताल, महेश्वरी विष्ट दीपिका ज्ञवाली, निश्चल पोखरेल र सौरभ ढकालले प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागी वडा नं २३ की रश्मी कंडेलले तीनआना, चारआनामा खुम्चिएको शहरी जीवनलाई जीवन्त बनाउन, विषादीयुक्त तरकारी खपत कम गर्न र घर बसाईको समयलाई रचनात्मक बनाउन कौशी खेतीले महत्वपूर्ण योगदान पु¥याउन सकिने ज्ञान तालिमबाट पाएको बताईन् ।

नमुना मछिन्द्र माध्यमिक विद्यालयका राधाकृष्ण महतले नमुना फार्मका लागि आफ्नो विद्यालय छनौट गरिएकोमा परियोजनाप्रति आभार ब्यक्त गर्नुहुँदै फार्मको रेखदेखको लागि विद्यालयमा इको क्लब गठन गरिएको र कौशी खेतीबाट उत्पादित उपज छात्राबासमा प्रयोग हुने जानकारी दिए ।

 Source: https://arthikawaj.com/news-5607/