Oh no the image is broken

सरसफाई सन्देश, चैत्र २०७१ अंक ३-४

Download

नेपालको सरसफाइ प्रवद्र्धनमा अर्को नयाँ अध्याय

विगतका कुनै काल खण्डमा सरसफाइको शब्द उच्चारण गर्न समेत संकोच मान्नु पर्ने अवस्थाबाट गुज्रदै नेपालको सरसफाइ आज राष्ट्रिय अभियानको रुपमा अघि बढेको हो भन्ने कुरामा हाम्रो इतिहास साछी छ । सरसफाइ प्रवद्र्धनमा सदियौ देखि रहेको विषमता र बेमेल पूर्ण अवस्थासँगै सन् २०१७ सम्म सवै नेपालीको सरसफाइमा पहुँच सुनिश्चित गर्ने सरसफाइको राष्ट्रिय लक्ष्य हासिल गर्न सम्भव छैन् भन्ने सिकाइको आधारमा सरसफाइ गुरु योजना २०६८ कार्यान्वयन ल्याइएको छ । परिणाम स्वरुप सरसफाइ सम्बन्धि जिल्ला, नगरपालिका
र गाउँ विकास समिति स्तरीय रणनीतिक योजना तथा कार्ययोजना कार्यान्वयन भै खुला दिसा मुक्त अभियानले व्यापकता पाएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ६२ प्रतिशत जनताको चर्पीमा पहुँच रहेको छ । यस अर्थमा नेपालले सन् २०१५ अगावै सरसफाइ सहस्राव्दी विकास लक्ष्य (५३%) भन्दा केहि कदम अगाडि बढ्न सकेको देखिन्छ । तथापि सरसफाइको पहुँचका दृष्टिले ग्रामीण र सहर, हिमाल,
पहाड र तराइ, विकास क्षेत्रहरु एवं धनी र गरिव बीच ठूलो अन्तर रहेकोछ । अझै पनि २५ जिल्लाको सरसफाइ कभरेज ५०% भन्दा कम रहेको छ ।

सरसफाइ प्रवद्र्धनको निरन्तर प्रयासहरुको वावजुत देखा परेका यी विविधताहरुलाई आत्मसात गरी सरसफाइ सहस्राब्दी विकास लक्ष्यको स्थानीयकरण गर्ने,सरसफाइको पहुँच नपुगेका समूहको पहुँच सुनिश्चित गर्ने र सरसफाइको राष्ट्रिय लक्ष्य हासिल गर्नु ठोस टेवा दिने उद्धेश्य
सहित राष्ट्रिय योजना आयोगले सरसफाइ क्षेत्रका मौजुदा अवरोधहरुको विश्लेषण र उक्त अवरोध समाधानका लागि उपायरुको पहिचान गरी द्रुत सहस्राब्दी विकास लक्ष्य (Millennium Development Goal Acceleration Framework,(MAF) तैयार पारेको छ । उक्त ढाँचाले
उच्च स्तरिय सरसफाइ सल्लाहकार परिषद् गठन गर्ने,सरसफाइ सम्बन्धि विभिन्न तहका समन्वय समितिहरुको क्रियाशीलता अभिवृद्धि
गर्ने, व्यापक रुपमा सरसफाइ ट्रिगरर विकास तथा परिचालन गर्ने,खुला दिसा गर्ने प्रथालाई प्रतिबन्ध लगाएको सार्वजनिक घोषणा गर्ने,
चर्पी सहितको विद्यालय अभियान शुरु गर्ने,स्थानीय स्रोत साधनको उच्चतम परिचालन गरी बाहिरी सहयोग विना नै सरसफाइ अभियानलाई देशव्यापी तीव्रता दिने आदि दूरगामी महत्वका उपायहरु अवलम्बन गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २५ जनवरी २०१३ मा MAF दस्तावेजको विमोचन गर्नु भएको थियो । उक्त समारोहमा प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोग,सहरी विकास मन्त्रालय, संघीय मामला तथा स्थानीय विकास मन्त्रालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयकाका सचिवहरुलाई सरसफाइ गुरु योजना २०११ र द्रुत सहस्राव्दी विकास लक्ष्यको ढाँचाले इंकित गरेका नीतिहरु अनुरुप निष्ठापूर्वक पूर्ण
सरसफाइ अभियान संचालन गर्न लिखित निर्देशन दिनु भएको छ । सरसफाइ प्रवद्र्धनका लागि राज्यको उच्च तहकाट देखाइएको यस ऐतिहासिक प्रतिबद्धता र अग्रसरताले आगामी दिनहरुमा नेपालको सरसफाइले थप उर्जा तथा गति पाउनेतर्फ ठोस आधार तय भएको छ भने देशमा द्रुततर गतिमा सरसफाइ प्रवद्र्धनका लागि नयाँ अध्यायको समेत थालनी भएको छ ।