Oh no the image is broken

सरसफाई सन्देश, आश्विन २०७१ अंक २

Download

सहकार्यको ठोस कदम

सरसफाइ गुरुयोजना २०६८ को कार्यान्वयनसँगै देशमा सरसफाइ प्रवद्र्धनमा सिर्जनशील सोँचको थालनी र सहकार्यको संस्कृति मौलाउँदै आएको छ । पूर्ण सरसफाइको यात्रामा थप उर्जा र गति प्रदान गर्ने हेतुले खानेपानी तथा ढल निकास विभागद्वारा २०६९ भाद्र २५ गते काठमाडौंमा सरसफाइ सम्बन्धी एउटा विशेष कार्यशाला आयोजना गरियो । शहरी विकास मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवहरुको समुपस्थितिमा सम्पन्न भएको कार्यशालामा उक्त दुबै मन्त्रालयहरुका साथै खानेपानी तथा ढल निकास विभाग, स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग र युनिसेफका उच्च पदस्थ पदाधिकारीहरुका साथै सबै जिल्लाका स्थानीय विकास अधिकारीहरु, जिल्ला प्राविधिक कार्यालयका प्रमुखहरु तथा नगरपालिकाका कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।

गुरुयोजना कार्यान्वयनको लागि नेपाल सरकारद्वारा स्थानीय निकायहरुको नेतृत्व संस्थागत गरिएको संदर्भमा आयोजना गरिएको उक्त कार्यशाला सरसफाइ सम्बन्धी नीति निर्माण र कार्यक्रम कार्यान्वयन तहमा अहम् भूमिका खेल्ने मुख्य सरोकारवालाहरुलाई एकै थलोमा ल्याई सरसफाइका जल्दाबल्दा सवालहरुमा छलफल गरी राय सुझाव सङ्कलन गर्न कोशेढुङ्गा सावित हुन पुगेको छ ।

कार्यशालामा खानेपानी तथा ढल निकास विभागको तर्फबाट गुरुयोजना, निर्माणाधिन गुरुयोजना कार्यान्वयन निर्देशिकाको मस्यौदा र शहरी सरसफाइ सम्बन्धी विषयहरुमा प्रस्तुति गरिएको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा नगरपालिका क्षेत्रमा गरिएका सरसफाइ सम्बन्धी राम्रा अभ्यासहरु प्रस्तुत गरिएको थियो । सोही अवसरमा युनिसेफ नेपालको तर्फबाट सरसफाइ सम्बन्धी नविनतम् सोँच, खोज, विचार र अनुभवका सम्बन्धमा प्रकाश पारिएको थियो । आ–आफ्ना जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न विशेष योगदान पु¥याउँने कास्की, चितवन र तनहुँका स्थानीय विकास अधिकारीहरु,चितवन र तनहँु जिल्ला स्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुखहरु तथा क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय कास्कीका सिनियर डिभिजनल ईन्जिनियरलाई सम्मान–पत्र तथा मायाको चिनो प्रदान गरी कदर गरिएको थियो ।

नेपालको सरसफाइ प्रबद्र्धनमा एक ऐतिहासिक अवसर बन्न पुगेको यस कार्यशाला मार्पmत विभिन्न क्षेत्रगत सरोकारवालाहरु बीचको सम्बन्ध र सहकार्यलाई झन् कसिलो बनाउँन मद्दत पुगेको छ भने निम्नानुसारका पक्षहरुको कार्यान्वयन गरी सन् २०१७ सम्म सरसफाइमा सबै नेपालीको पहुँच पु¥याउँने महान राष्ट्रिय अभियानलाई गतिशील र नतिजामुखी बनाउँनेतिर सामूहिक प्रतिवद्धता हाँसिल गर्न समेत सफल भएको छः क)सम्पूर्ण जिल्ला, नगरपालिका र गाउँ विकास समितिहरुमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन, पूनर्गठन र परिचालन गर्ने ख) सरसफाइ गुरुयोजनाको मर्म अनुरुप सम्पूर्ण जिल्ला, नगरपालिका र गाउँ विकास समितिहरुले सरसफाइ सम्बन्धी रणनीतिक योजना÷कार्ययोजना तैयारी, परिमार्जन र कार्यान्वयन गर्ने ग) बर्षमा कम्तीमा ६ वटा खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकको आयोजना गरी सरोकारवालाहरु बीच सन्चार, समन्वय र सहकार्य सुदृढ गर्ने र घ) यस आर्थिक बर्ष भित्र हरेक जिल्लाले कम्तीमा ५ गाउँ विकास समितिलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने ।